Logo
Logo

उपेन्द्र यादवको पक्षमा २० सांसद, सबैले देउवालाई विश्वासको मत दिने


दृष्टि संवाददाता

8.9k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहको संसदिय दलको बैठकमा अर्का अध्यक्ष महन्त ठाकुर समूहका थप तीन सांसद सहभागि भएका छन् ।

आजको बैठकमा थप तीन जना सहभागि भएसँगै यादवको पक्षमा २० सांसद पुगेका छन् । जसपाका नेता मोहम्मद इस्तियाक राईले थप सांसद बैठकमा सहभागि भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

शनिबार बसेको बैठकमा पाँच जना सांसद सहभागि भइसकेका थिए । बैठकमा सहभागि थप तीनसहित जसपाका २० सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्