काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहको संसदिय दलको बैठकमा अर्का अध्यक्ष महन्त ठाकुर समूहका थप तीन सांसद सहभागि भएका छन् ।
आजको बैठकमा थप तीन जना सहभागि भएसँगै यादवको पक्षमा २० सांसद पुगेका छन् । जसपाका नेता मोहम्मद इस्तियाक राईले थप सांसद बैठकमा सहभागि भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
आज जसपा दलको बैठकमा १८+२=२० जना सहभागी !
— Mohammad Ishtiyaq Rayi (@IshtiyaqRayi) July 18, 2021
शनिबार बसेको बैठकमा पाँच जना सांसद सहभागि भइसकेका थिए । बैठकमा सहभागि थप तीनसहित जसपाका २० सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।












