काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ ।
फोनवार्तामा दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा भएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । फोनवार्तामा मोदीले देउवालाई बधाई पनि दिएका थिए ।
प्रधानमन्त्री देउवाले लेखेका छन्- ‘आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोसीसँग सौहार्दपूर्ण टेलिफोन कुराकानी गरें । हामीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे विचार राख्यौं । प्रधानमन्त्री मोदीले नेपालमा चाँडै कोभिड खोपहरू आपूर्ति गर्ने आश्वासन दिएका छन् ।’
भारतीय प्रधानमन्त्री मोदी पनि फोनवार्तामा भारत र नेपालबीच कोरोनाविरुद्धको लडाईंमा पनि सहकार्य गर्ने विषयमा कुरा भएको आफ्नो ट्वीटमार्फत जानकारी दिएका छन् ।