प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता « Drishti News – Nepalese News Portal
Logo

प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ ।

फोनवार्तामा दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा भएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । फोनवार्तामा मोदीले देउवालाई बधाई पनि दिएका थिए ।

प्रधानमन्त्री देउवाले लेखेका छन्- ‘आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोसीसँग सौहार्दपूर्ण टेलिफोन कुराकानी गरें । हामीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे विचार राख्यौं । प्रधानमन्त्री मोदीले नेपालमा चाँडै कोभिड खोपहरू आपूर्ति गर्ने आश्वासन दिएका छन् ।’

भारतीय प्रधानमन्त्री मोदी पनि फोनवार्तामा भारत र नेपालबीच कोरोनाविरुद्धको लडाईंमा पनि सहकार्य गर्ने विषयमा कुरा भएको आफ्नो ट्वीटमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्