Logo
Logo

मेस्सी र रोनाल्डो भिड्दै


दृष्टि संवाददाता


एजेन्सी । स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट भिड्ने पक्का भएको छ । जोन ग्याम्पर ट्रफीको लागि बार्सिलोनाले गरेको प्रस्ताव युभेन्टेसले स्वीकार गरेको हो । यो खेल नौ अगस्टमा हुने छ ।

युभेन्ट्स सहमत भएसँगै विश्व फुटबलका दुई हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त पुनः एक पटक देख्न पाइनेछ । तर, मेस्सीले बार्सिलोनासँग सम्झौता नविकरण गरिसकेका छैनन् । यद्यपी मेस्सी बार्सिलोनामै बस्ने पक्का भएको बताइएको छ ।

बार्सिलोना र युभेन्टसले गत सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए । जसमा युभेन्टसले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

ग्याम्पर ट्रफी खेलका लागि बार्सिलोनाले २० प्रतिशत समर्थकलाई मैदानमा प्रवेश गराउने निर्णय गरेको छ । ७२ हजार २० दर्शक क्षमताको नोउक्याम्पमा ७ मार्च २०२० पछि पहिलोपटक दर्शकको प्रवेश हुनेछ । बार्सिलोना र युभेन्टसबीचको खेलमा १९ हजार ८६९ जना समर्थकलाई प्रवेश दिइनेछ ।

युभेन्ट्सले १६ वर्षपछि जोन ग्याम्पर कप खेल्न लागेको हो । युभेन्ट्सले पछिल्लोपटक २००५ मा खेलेको थियो । रोनाल्डोबिनाको युभेन्टस बार्सिलोनासँग २-० ले पराजित भएको थियो ।

क्याटलान क्लब बार्सिलोनाको यो वार्षिक कार्यक्रम हो । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष ग्याम्पर कप आयोजना गर्ने गर्दछ । हालसम्म ५५ पटक यो कपको आयोजना हुदा बार्सिलोनाले हालसम्म ४३ पटक यो उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्