Logo
Logo

एमाले एकताको पहल, कार्यदल सदस्य र सांसदबीच छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरुले पार्टी एकताका लागि छलफल गर्ने भएका छन् । विगठित कार्यदलका सदस्यसँग सांसदहरुले छलफल गर्दै पार्टीलाई एकताबद्ध बनाउँन पहल गर्ने भएका हुन् ।

सांसद झपट रावलले विगठित कार्यदलका सदस्यहरुसँग छलफल गर्दै पार्टीलाई एकताबद्ध बनाउँन पहल गरिने बताए । सिंहदरबारमा हुने छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सहभागि हुने बताइएको छ ।

विगठित कार्यदलमा ओली समूहका सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य थिए भने नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य थिए ।

पछिल्लो पहलमा सांसदहरु झपट रावल, यज्ञराज सुनुवार, दिपकप्रकाश भट्ट, कृष्ण दाहाल, सूर्य पाठक लगायत सहभागी हुनेछन् ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद चर्किएपछि गठन भएको कार्यदलले २७ असारमा पार्टी एकताका लागि १० बुँदे प्रस्ताव अघि सारेको थियो ।

ओली र नेपाल दुवैलाई कार्यदलले सो प्रस्ताव सहितको पत्र बुझाए पनि अहिलेसम्म ओली र नेपालबीच छलफल भएको छैन । ओली समूहले एकतर्फी रुपमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउँने गरेकाले नेपाल समूह बैठक बहिष्कार गर्दै आएको छ ।ओली र नेपाल आ–आफ्नै रणनीतिअनुसार अगाडि बढीरहेकाले पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउँन भन्दै दोस्रो तहका नेताले अनौपचारिक रुपमा छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्