Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

कोरोनाको तेस्रो लहर आउने चेतावनीदेखि जसपा आधिकारिकता विवाद टुंगिएकोसम्म


दृष्टि संवाददाता


१. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार २७२ परीक्षणमा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि, योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८२ हजार ९ सय ४७ पुग्यो, पछिल्लो २४ घण्टामा थप १ हजार ६८६ जना संक्रमणमुक्त, थप २५ जनाको मृत्यु ।

२. कोरोना भाइरसको तेस्रो लहर असोज १५ देखि आउने स्वास्थ्य मन्त्रालयको चेतावनी, कम्तीमा एक हजार थान अक्सिजन भरिएका सिलिन्डर मौज्दातमा राख्न मन्त्रालयद्वारा सातवटै प्रदेशलाई निर्देशन, मौजुदा सिलिन्डरहरु पनि खालि नराख्न र अक्सिजन कन्सन्ट्रेटर चालु तथा चुस्त अवस्थामा राख्न समेत मन्त्रालयको निर्देशन ।

. जनता समाजवादी पार्टीको केही महिनादेखि जारी विवाद निर्वाचन आयोगले टुंग्यायो, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको ‘हेड काउन्ट’ गरेर विवादको निरूपण गर्दै पार्टी आधिकारिकता यादवलाई दिइयो, जसपाको ठाकुर पक्षलाई अर्को पार्टी गठन गर्नका लागि समय दिने आयोगको निर्णय ।

४. डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका तथा जेलमुक्त भई स्वदेश फर्किएका नेपाली नागरिकहरुका लागि लाग्ने क्वारेन्टिन खर्च व्यहोर्ने मन्त्रिपरिषदको निर्णय,विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत आयोजना सञ्चालन गर्न ऋण स्वरुप ६० मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार,कोरोनाका कारण लगाइएको निषेधाज्ञा लागू हुनु भन्दा अघि वा आदेशको अवधि भित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालु अवस्था तथा खरिद सम्झौता म्याद सम्बन्धी आपूर्तिकर्ता निर्माण ब्यवसायी, सेवा प्रदायक वा परामर्शदातालाई ६ महिना थप गर्ने निर्णय ।

. नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकतामा जोड दिने निर्णय, सोमबार काठमाडौँमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठकले आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तद्वारा जानकारी, मूल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउँदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने निर्णय, राजनीतिक अवस्था र संसदलाई पूर्णकालसम्म सञ्चालन गर्ने विषयमा पनि छलफल ।

६. उर्जा, जलस्रोत र सिञ्चाईमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विद्युतमा विषेश सहुलियत दिने घोषणा, विद्युतको दरमाथि पुनर्विचार गरेर अलि सस्तो बनाउने दावी, जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुशासनलाई आफूले पहिलो प्राथमिकतामा राख्ने मन्त्रीको प्रतिबद्धता, रणनीतिक हिसाबले नेपालमा उत्पादन भएको बिद्युत नेपालमै खपत गर्नुपर्ने कुरामा भुसालको जोड ।

७. कोभिड महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति हुनुपर्नेमा अर्थमन्त्री जनार्दन शर्माको जोड, राष्ट्रिय सहमतिविना राष्ट्रिय संकटबाट मुक्ति पाउन गाह्रो हुने भन्दै सबै रचनात्मक सुझावहरु आत्मसाथ गरी अगाडि बढ्ने, अर्थमन्त्रीको योजना, सरकारको न्यूनतम साझा कार्यक्रम यथाशीघ्र ल्याउन अर्थविद्हरुको सुझाव ।

८. आइतबार ह्वात्तै बढेको शेयर बजारमा सोमबार करेक्सन, बजारमा ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार, वाणिज्य बैंकहरुको वित्तीय विवरण प्रकाशित गर्ने म्याद थपियो, साउन मशान्तसम्ममा प्रकाशित गरे हुने, बैंकहरुले भदौ १५ सम्म उठेको ब्याज अघिल्लो वर्षको आम्दानीमा लेखाङ्कन गर्न पाउने, लाभांशमा गत वर्षकै व्यवस्थालाई निरन्तरता ।

९. राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा घोषणा गरेको दुई दिनमा पनि एन्फालाई भने बुझाएनन्, एभरेष्ट प्रिमियर लिगको चौथो संस्करणमा पाकिस्तानी पूर्व कप्तानले पनि खेल्ने, काठमाडौं किंग्स इलेभेनमा पूर्व कप्तान शाही अफ्रिदी अनुबन्धित, टोकियो ओलम्पिकमा पदक तालिकामा जापानको अग्रता, अमेरिका र चीन पछ्याउँदै ।

१०.र, चिनियाँ ह्याकर्सले संसदीय इमेल अकाउन्ट ह्याक गरे नर्वेको आरोप, महामारी नियन्त्रणको मामिलामा अमेरिका गलत दिशामा हिँडेको फाउचीको भनाइ, भारतको हिमाञ्चलमा पहिरोले पुरिएर ९ पर्यटकको मृत्यु,अफगानिस्तानमा सेनाले गरेको कारबाहीमा कम्तीमा ९० तालिवान लडाकू मारिए, चीनमा फेरि देखियो कोरोना संक्रमण, संक्रमण फैलनसक्ने चेतावनी ।

Norway blames China for hacking of parliament email account, says 'should  not repeated'

प्रतिक्रिया दिनुहोस्