काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान पारित गर्दै दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
आज बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले संसदीय दलको बैठकले पारित गरेको विधान पारित गर्दै दलको नेता चयनका लागि समिति गठन गरेको कार्यकारिणी समितिका सदस्य एवं सांसद रामसहाय यादवले बताए ।
दलको नेता चयनका लागि गठन भएको तीन सदस्यी समितिको संयोजकमा नवराज सुबेदी, सदस्यद्धयमा रमेश यादव र सुशीला श्रेष्ठ रहेका छन् । यसैगरी बैठकले पार्टी कार्यालय सचिव तथा कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारीलाई निर्वाच आयोग र अदालतको मुद्धा–मामिला हेर्ने जिम्मेवारी दिने निर्णय गरेको छ ।
पार्टीमा लामो समय देखी रहेको आधिकारिता सम्बन्धीको विवाद सोमबार निर्वाचन आयोगले हेट काउण्ट गर्दै टुंगो लगाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिता पाएपछि आज कार्यकारिणी समितिको बैठक बसेको हो ।











