Logo
Logo

कोरोनाबाट थप २० जनाको मृत्यु, ३८ सय ९९ संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा झण्डै चार हजार संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ७ सय २६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कूल १२ हजार ६ सय ५५ पीसीआर र ४ हजार ८ सय ६३ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ७८ जनाले संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४७ हजार ९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्