Logo
Logo

६ बुँदे सहमतिपछि सानेपामा कांग्रेस नेताले तोडे अनशन


दृष्टि संवाददाता


काठमाडाैं । क्रियाशील सदस्यता विवादको विषय लिएर पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका कांग्रेस नेता तथा कार्यकर्ताहरूले अनशन तोडेका छन् ।

सानेपामा आमरण अनशन बसेका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्तासँग मंगलबार ६ बुँदे सहमति भएसँगै अनशन ताेडिएकाे हाे ।

क्रियाशील सदस्यता विवादलाई लिएर १० दिनदेखि अनशनमा बसेका धनुषा, रौतहट, बारालगायतका जिल्लाका कांग्रेस नेता, कार्यकर्ता अनशन बसेका थिए ।

उनीहरुको माग सम्बोधन गर्ने सहमतिमा पार्टीको तर्फबाट नेता डा. रामशरण महत र सहमहामन्त्री डा. प्रकाशशरण महतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्