Logo
Logo

संशोधन नगरी एमसिसी अनुमोदन गर्नु राष्ट्रघाती : भीम रावल


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संशोधन नगरी अनुमोदन गर्नु राष्ट्रघाती काम हुने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत एमसिसी अनुमोदन गर्नेबारे गठबन्धनमा कुरा नभएको बताउँदै खबरदारी गरेका हुन् । एमसिसी जस्ताका त्यस्तै अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने रावलको तर्क छ ।

उनले ट्वीटरमा लेखेका छन्– ‘नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसिसिसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ। देश उपनिवेशकरणतर्फ धकेलिनेछ, यस्तो काम सरकार र पार्टीले नगरून्। यसबारे प्रतिनिधि सभा पुनस्र्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।’

प्रतिक्रिया दिनुहोस्