Logo
Logo

प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षीकाे बधाई


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बधाई दिएका छन् । नेपालका लागि चिनियाँ राजदूतका होउ याङ्छीमार्फत लिले देउवालाई बधाई सन्देश पठाएका हुन् ।

बधाई सन्देशमा प्रधानमन्त्री लीले नेपाल र चीनबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन प्रधानमन्त्री देउवासँग सहकार्य गर्न आफू इच्छुक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्