Logo
Logo

एमसीसी प्रस्ताव संसदमा पेस गर्न गोकुल बाँस्कोटाकाे सुझाव


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसीकाे प्रस्ताव संसदमा पेश गर्न शेरबहादुर देउवा नेतृत्वकाे सरकारलालाई सुझाव दिएका छन्।

उनले प्रस्तावकाे विषयमा राजनीतिक दाउपेच गरिरहनुभन्दा संसदमा प्रस्ताव पेस गर्नु उपयुक्त हुने सुझाव दिएका हुन् ।

ओली सरकार हुँदा संसदबाट एमसीसी पासका लागि दबाब दिने कांग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा अहिले सरकार भएका बेला पेस गर्न उनको व्यंग्यात्मक सल्लाह थियाे।

‘एमसीसी परियोजनाका विषयमा राजनितिक दाउपेच गरिरहनुभन्दा खुरुक्क संसदमा प्रस्ताव पेस गरे हुन्छ नि झन्नै दुईतिहाइको परमादेश देउवा सरकारले,’ नेता बाँस्कोटाले बुधबार भनेका छन्, ‘ओली हुँदा त छिटो ल्याऊ भनेर बेल घेर्न लगाउने उनै देउवा हुन्। ओली हटाएपछि पास गरिदिने विश्वास दिलाउने प्रचण्डसमेतको अग्रगामी मोर्चामै छ हैन सजमो पनि।’

कांग्रेस नेतृत्वकाे सरकार हुँदा नै एमसीसी सम्झाैतामा हस्ताक्षर भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्