Logo
Logo

हरियाली कालिमाटी


दृष्टि संवाददाता


काठमाडौं । रोटरी क्लब अफ काठमाडौं बेष्ट कालिमाटीले आज एक कार्यक्रम आयोजना गरेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं १३ वडाध्यक्ष ध्रुवनारायण मानन्धर, विशिष्ट अतिथि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आज बिहान कालिमाटीमा वृषारोपण गरेर शुभारम्भ गर्नुभयो ।

रोटरी क्लब अफ काठमाडौं बेष्टले सोल्टीमोडदेखि विष्णुमति पुलसम्मको सडकको दुवै पेटीमा वृक्षारोपण गर्ने भएको छ । करिब ४०० वटा बिरुवा सडकको दायाँ बायाँ पेटीमा रोपिने छ । वृक्षारोपण अभियानका लागि क्लबका सदस्य, स्थानीय व्यापारीहरुले आर्थिक सहयोग गरेका छन् । वृक्षारोपणका लागि प्राविधिक सहयोग रोटरी क्लब अफ त्रिपुरेश्वरका आईपिपी भुवन श्रेष्ठले गर्नुभएको छ ।

क्लबका प्रिसिडेन्ट शारदाभक्त रञ्जितका अनुसार चार्टर्ड प्रिसिडेन्ट स्व. हिक्मतबहादुर मालीको सपना अहिले आएर पूरा भएको बताउनुभयो । क्लब स्थापनाको सुरुदेखि नै स्व. मालीले कालिमाटी सडक दायाँ बायाँ वृक्षारोपण गर्ने सोच राख्नु भएको थियो । तर उहाँको अल्पआयुमा निधन भएको कारण वृक्षारोपण कार्यक्रम अगाडि बढ्न सकेको थिएन । विगतका वर्षहरुमा वृक्षारोपण गरिने कार्यक्रम राखिए पनि कोरोनाको कारण सम्भव भएन । क्लबको सम्पूर्ण ध्यान कोभिड पीडित मजदुर, श्रमिकलाई राहतमा केन्द्रित भयो । क्लबका प्रिसिडेन्ट रञ्जितका अनुसार हरेक वर्ष वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइने छ ।

रोटरी क्लब अफ काठमाडौं बेष्टको स्याटलाइट क्लबले हरेक वर्ष टिस्टुङमा वृक्षारोपण गर्दै आएको छ । यस वर्ष पनि स्याटलाइट क्लबले टिस्टुङमा २०० बिरुवा रोपेको छ । आजको वृक्षारोपण कार्यक्रममा रोटरी डिष्ट्रिकका पुर्वगर्भनरहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्