Logo
Logo

कांग्रेसले पाँच दिनभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउने


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसले  विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउने भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले भदौ १६/१९ मा हुने महाधिवेशनका लागि पाँच दिनभित्र सबै विवाद टुंग्याउने निर्णय लिएको हो। 

बैठकपछि बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखकले पाँच दिनभित्र सबै विवाद मिलाएर पार्टीलाई निर्धारित समयमै महाधिवेशनतिर लैजाने निर्णय भएको जानकारी दिए ।

नेताहरूसँगको छलफल र परामर्शपछि केन्द्रीय तहमा प्रस्तुत गरिएका विषयहरु निर्णय गर्ने गरी अघि बढ्ने उनले बताए। क्रियाशील सदस्यता छानबिन समिति सदस्य प्रदीप पौडेलका अनुसार सप्तरी, बारा धनुषा ४, सर्लाही २, सिन्धुपाल्चोक र रसुवामा रहेको विवादबारे केन्द्रीय नेतृत्वले निर्णय गर्ने जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्