Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

सबै नेपालीले खोप पाउनेदेखि साफ च्याम्पियनसिप नेपालमा हुनेसम्म


दृष्टि संवाददाता


१. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ६६१ परीक्षणमा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २४ घण्टामा थप १ हजार ८१६ जना संक्रमणमुक्त, हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुग्यो, कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुग्यो, चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको घोषणा ।

. जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा रिट दायर, आयोगको गत ११ साउनको निर्णय कार्यान्वयन नगर्न–नगराउन माग, आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरिणीय क्षति हुने उल्लेख ।

३. एमाले पार्टी कार्यालयमा आयोजित खिर खाने कार्यक्रममा माधव नेपाल पक्ष अनुपस्थित, माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउने विषयमा महासचिव ईश्वर पोखरेलले जनाए आपत्ति, पार्टीको विधान र विपरीत भन्दा बाहिर गएर कुनै सहमति हुन नसक्ने तर्क, विवाद समाधान गरेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्नेमा पोखरेलको जोड ।

४. महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक युवा वेपत्ता बनेको घटनाबारे नेपाली कांग्रेसले जनायो चासो, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा विज्ञप्ति जारी गर्दै भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेर भएको घटनालाई अमानवीय र आपत्तिजनक भन्दै दुख व्यक्त, घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन र दिलाउन सरकारसँग माग ।

५. चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित, शुक्रबारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेसी रिट निवेदकको निवेदनबमोजिम स्थगित, शुक्रबार रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साह अदालत पुगेर सुनुवाइ स्थगित गर्न निवेदन दिएको अदालतद्वारा जानकारी, सर्वोच्च अदालत नियमावली–२०७४ मा ’मुद्दाको पक्ष वा कानुन व्यवसायीले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अदालतमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कारण देखाई मुद्दा पेसीको दिनभन्दा अघिल्लो दिन निवेदन दिएमा प्रधान न्यायाधीशले त्यस्तो मुद्दा दैनिक पेसी सूची प्रकाशन गर्दा नै स्थगित गर्न सक्ने व्यवस्था ।

६. राष्ट्र हितलाई सर्वाेपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलको माग, मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि आशंका व्यक्त, एमसीसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाझिएको र राष्ट्रहित विपरीत रहेको दावी, एमसीसीसँग भएका सबै सम्झौता संसदमा पेश गरिनुपर्ने धारणा ।

७. काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजना (फास्ट ट्रयाक) आगामी दुई वर्ष भित्र सकाउने नेपाली सेनाको घोषणा, हालसम्म १६.२१ प्रतिशत मात्र कार्यमा प्रगति भएपनि दुई वर्षभित्र ८४ प्रतिशत निर्माण गरी सम्पूर्ण कार्य सम्पन्न गरिने , फास्टट्रयाक बनाउन शून्य विन्दु खोकनाको जग्गा विवाद चाँडै सुल्झिने आयोजना प्रमुख सहायक रथी विकास पोखरेलको दावी, फास्ट ट्रयाकमा करिब ३२ अर्ब खर्च हुनेछ भने सरकारले यस वर्ष ८ अर्ब रकम निकासा, काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७२.५ किलोमिटरमध्ये ३ ओटा सुरुङमार्गको जम्मा लम्बाइ ६.४१ किलोमिटर, विभिन्न पुलहरूको लम्बाइ १०.५९ किलोमिटर र खुद सडकखण्डको लम्बाइ ५५.५ किलोमिटर रहने ।

८. नेपाल बिमक संघद्वारा कोरोना बीमा रकम उपलब्ध गराउन नसक्ने भन्दै दाबी भुक्तानी स्थगित, २० वटै निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त गरेपछि मात्रै दाबी फर्साैट गर्ने , मैलुङ खोला जलविद्युत कम्पनी आईपिओमा साढे ११ लाख बढी आवेदन, राष्ट्र बैकले बजेट संशोधन नपर्खने,तयार मौद्रिक नीति सञ्चालक समितिमा लैजाने तयारी,सोमवारसम्म आउने, तीन जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति ।

९.साफ च्याम्पियनसिप नेपालमा गर्ने एन्फाको निर्णय, राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरण युवा तथा खेलकुद मन्त्रालयलाइ छानविन गर्न एन्फाको सिफारिस, साफ अगाडी पुरुष राष्ट्रिय टिमले मैत्रीपुर्ण खेल खेल्ने,ब्राजिललाई हराउँदै क्यानडा ओलम्पिक फुटबलको सेमिफाइनलमा, एकदिवसिय र टी–२० सिरिजका लागि दक्षिण अफ्रिकाले श्रीलंका भ्रमण गर्ने ।

१०.र, सर्वसाधारणले लकडाउन नटेरेपछि अस्ट्रेलियामा सेना परिचालन, चीनको नान्चिङ सहरमा कोरोना संक्रमण फैलियो, हङकङमा नयाँ सुरक्षा कानून अन्तर्गत दिइयो सजाय, अमेरिकी विदेश मन्त्रीले दलाई लामा भेट्दा चीनको आपत्ति, गतिविधि नदोहोर्याउन चेतावनी, खोप लगाउनेलाई प्रतिव्यक्ति सय डलर दिन राज्यहरूलाई राष्ट्रपति बाइडनको आह्वान, इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण ।

प्रतिक्रिया दिनुहोस्