सुनसरी । एसिड प्रहार गरेर फरार भएका एक युवक पक्राउ परेका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट प्रहरीले पक्राउ गरेको हो ।

सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार धामीले साउन २२ गते राति श्यामकुमारी धामीलाई एसिड प्रहार गरेका थिए । उनले पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न खोज्दा एसिड छिमेकी श्यामकुमारीलाई लागेको थियो ।
चुरोटको विषमा विवाद हुँदा छिमेकीको शरणमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने प्रयास गरेका थिए । छुट्याउन खोज्दा २१ वर्षका सुमनराज धामी र १९ वर्षीय सुजनराज धामी समेत एसिडको छिटा लागेर घाइते भएका थिए ।
एसिड परेर गम्भिर घाइते भएकी श्यामकुमारीको विराटनगर स्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।











