काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्देशन दिएका हुन् ।
यसैबीच सरकारले हालमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ । सरकारले २०७७ माघ २७ गते शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।











