Logo
Logo

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुधबार बस्दै


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भोलि (बुधबार) केन्द्रीय कमिटी बैठक बस्दैछ ।

काठमाडौंमा बस्न लागेको बैठकले पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएको छ । बैठक ११ बजेदेखि शुरु हुनेछ । नेपाल समूहले स्थायी कमिटी बैठक सकेर थप छलफलका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

स्थायी कमिटी बैठकको निष्कर्ष सुनाउँदै स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी एकताको प्रक्रियामा रहेकाले कुनै पनि समूहका नेताबाट एकता भाड्ने खालको अभिव्यक्ति दिन नहुने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको विवाद चर्किँदै गएपछि पार्टी नै विभाजन हुने डिलमा पुगेको छ । तर दोस्रो तहका नेताहरुको दवावका कारण अहिले पार्टी एकतका लागि गृहकार्य भइरहेको छ ।

लामो समयसम्म ओली र नेपालबीच छलफल नभएकाले दुई नेताका बीचमा भेटघाट गराउँने प्रयास भए पनि सफल हुन सकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्