
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहभित्रै असन्तुष्टि देखिएको छ । एमालेले सोमबार गठन गरेको पार्टीका नौ केन्द्रीय विभागमा अध्यक्ष ओलीले गरेको नियुक्तिप्रति एमालेभित्रै असन्तुष्टि देखिएको हो ।
विभाग गठन र नियुक्तिमा समानुपातिक, समावेशी र योगदानका आधारमा नगरिएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका हुन् । अध्यक्ष ओलीले एक्लैटी ढंगबाट विभागका सदस्यहरु नियुक्त गरेको र आफ्नै पक्षका नेतालाई स्थान दिएको नेताहरुको भनाइ छ ।
ओली आफन्त र जिल्लाबासीभन्दा टाढा जान नसकेको नेताहरुको गुनासो छ । गठन गरिएका नौ विभागमध्ये ३ वटा विभाग प्रमुखमा ओलीसहित तीनजना झापालीले नेतृत्व पाएका छन् ।
सोमबार सदस्य तोकिएका विभागहरूमा पार्टी स्कुल विभाग (प्रमुखः केपी शर्मा ओली), सङ्गठन विभाग (प्रमुखः विष्णुप्रसाद पौडेल), प्रचार विभाग (प्रमुख : प्रदीप ज्ञवाली), संसदीय विभाग (प्रमुख : सुवास नेम्वाङ), आर्थिक विभाग (प्रमुख : विष्णु रिमाल), पर्यटन प्रवद्र्धन विभाग (प्रमुख : भानुभक्त ढकाल), विदेश विभाग (प्रमुख : डा राजन भट्टराई), स्थानीय तह विभाग (अग्नि खरेल) र निर्वाचन विभाग (प्रमुख : देवेन्द्र दाहाल) छन् ।
निर्वाचन विभाग प्रमुख भएका देवेन्द्र ओलीलाई झापामा चुनाव जिताउने खटिएका थिए । झापाको गैरादहका खरेल निर्वाचन विभाग प्रमुख बनेका छन् ।
यही कारणले पार्टीभित्र थप विवाद निम्तिने देखिएकाे छ ।











