Logo
Logo

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झनलाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । बुधबार भारतको अपोलो अस्पतालमा उनकाे मिगैंलो प्रत्यारोपण गरिएको खनादका सचिव कृष्ण भट्टराईले जनाकारी दिए ।

भट्टराईका अनुसार डा सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले नेता खनालको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरेको हो । अब केही समय खनाल अस्पतालमै रहने र आराम भए पश्चात नेपाल फर्किने भट्टराईले जानकारी दिए ।

नेता खनल केही समयदेखि भारतको अपोलो अस्पतालमा उपचाररत छन् । एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई थप उपचारका लगि गत असार दुई गते दिल्ली लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्