Logo
Logo

थप चार हजार १०७ मा कोरोना पुष्टि, ३५ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा गएको २४ घन्टामा चार हजार १०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार २९८ जनामा परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई हजार ९७५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक हजार १३२ मा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कूल ११ हजार ३ ५४ पीसीआर र ४ हजार ९४४ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

यस्तै गत २४ घण्टामा १ हजार ५३५ जन सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ६१ हजार ६५१ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् ।

यस्तै गएको ३५ घण्टामा सङ्क्रमणबाट २४ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ९५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्