Logo
Logo

ठाकुर पक्षको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर समूहले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरि नहुने आदेश जारी गरेको छ । विपक्षी उपेन्द्र यादव र निर्वाचन आयोगलाई भने सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चले उपेन्द्र यादवसहित अन्य विपक्षीहरुलाई लिखित जफावसहित उपस्थित हुनु भनेको छ । दुवै उपस्थित भएपछि मात्रै अन्तरिम आदेशबारे निर्णय हुने सर्वोच्चले जनाएको छ ।

आयोगको निर्णय कानुनी एवं संवैधानिक व्यवस्था प्रतिकूल हुने गरी भएको भन्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । निर्वाचन आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्