Logo
Logo

ओली, प्रचण्डसहित शीर्ष नेताको चन्द्रागिरीमा गोप्य छलफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

पाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु गोप्य वार्ताका लागि बिहीबार बेलुकादेखि चन्द्रागिरी पुगेका छन् ।

चन्द्रागिरीमा रहेको रिसोर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतका नेताहरु बिहीबार बेलुका त्यहाँ पुगेका थिए ।

र्टी एकता, सरकार सञ्चालनलगायतका विषयमा कुराकानीका लागि उनीहरु त्यहाँ पुगेको स्रोतले जानकारी दियो । नेता पौडेल बिहीबार दिउँसो नै त्यहाँ पुगेका थिए भने दाहाल ४ बजे पुगेका थिए । गृहमन्त्री थापा साढे ४ बजे र प्रधानमन्त्री ओली सवा ५ बजे चन्द्रागिरी पुगेका थिए ।

स्रोतका अनुसार प्रचण्ड अघिल्लो साता पनि परिवारसहित पुगेका थिए । ‘मन्त्री फेरबदल गर्ने कुरा पनि पहिलेदेखि नै चलेको थियो’, स्रोतले भन्यो, ‘पार्टी एकताको टुंगो नलाग्दा पार्टीभित्रै विवाद बढेको छ ।’ आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्