Logo
Logo

‘नक्कली डिएसपी’ पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली डिएसपी बन्दै सुनका गहना लुटपाटको अभियोगमा एक जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका ४ का ३५ वर्षीय सिताराम गुरुङ हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीबाट फर्किएका र विदेशबाट आएकाहरुलाई चेकजाँच गर्न रोकी लुटपाट गर्ने गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका गुरुङले बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी गर्नेहरुसंग नेपाल प्रहरीको डिसपी हुँ भन्दै चेकजाँच गर्ने, लुटपाट गर्ने गरिएको अनुसन्धानमबाट खुलेको हो ।

अभियुक्तले बसपार्क ईलाकामा लुटपाट गरेको जानकारी प्राप्त भएकोले थप अनुसन्धान तथा कारवाहीको लागी वृत्त महाराजगंजमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्