Logo
Logo

एसपी र डिएसपीको घुुमवा टोली


दृष्टि संवाददाता



बाँके । नयाँ एसपी आएपछि पनि बाँके प्रहरीमा अनियमितता रोकिएको छैन । जिल्लामा एसपी र डिएसपी दुवैले छुट्टाछुट्टै घुुमुवा परिचालन गरेर पैसा उठाइरहेका छन् ।


जिल्लामा आएलगत्तै एसपी श्यामकृष्ण अधिकारीले ११ जना घुमुवा हटाएका थिए । तर, उनीहरुलाई नै फेरि पैसा उठाउनका लागि खटाइएको छ । डिएसपी मधुसुदन न्यौपानेले छुट्टै घुमुवा टोली परिचालन गरेका छन् । असइ विवेक अधिकारीलाई उनले पैसा उठाउन परिचालन गर्दै आएको स्रोत बताउँछ । उनले लागू औषध कारोबारीदेखि होटल ड्रिमल्याण्डमा सञ्चालित क्यासिनोबाट समेत पैसा उठाउने गरेका छन् । डिएसपी न्यौपाने र स्थानीय सुमन मल्लको सेटिङमा त्यहाँ जुवा खेलाउने गरिएको छ । जहाँ भारतबाट जुवाडेहरु ल्याउने गरिएको छ ।


बाँकेबाट हाल दाङमा सरुवा भएका सिडिओ राम बहादुर कुरुङवाङमा जिल्लामा अझै सेटिङ रहेको स्रोत बताउँछ । डिएसपी न्यौपानेमार्फत नै जिल्लामा उनले आफ्नो धन्दा चलाइरहेका छन् ।


कुरुङवाङको इप्रका टिकापुरमा सरुवा हुँदा डिएसपी न्यौपाने त्यहीका इन्चार्ज थिए । त्यही दुई जनाबीच दोस्ती बनेको स्रोत बताउँछ । जसकारण अहिले जिल्लामा एसपी भन्दा डिएसपी सेटिङमा शक्तिशाली बनेका छन् । एसपी अधिकारी गुप्तचरबाट आएका अधिकारी हुन् । उनी सरुवा अघि नै राजनीतिक नेतृत्वलाई पैसा बुझाएर गएकाले उनले ठूलो संख्यामा घुमुवा खटाएको बताइन्छ । एसपी भन्दा डिएसपी एक कदम अघि बढेर असुलीमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्