Logo
Logo

३६ प्रहरी भवन निर्माण


दृष्टि संवाददाता


हेटौंडा । वाग्मती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ ।

तीन वर्षका अवधिमा निर्माण सकिने गरी ४७ प्रहरी भवन निर्माण शुरुआत भएको थियो । उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुत गतिमा भइरहेको बताइएको छ । बाँकी कार्यालयको भवन निमार्ण जारी रहेको र यसको ९० प्रतिशत निर्माण पुरा भइसकेको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी भवन र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । सो भवन रु ९३ करोड २२ लाख ७२ हजार को लगानीमा निर्माण गर्ने लक्ष्य छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोखरेलले अघिल्लो आर्थिक वर्षसम्ममा प्रहरीको भवन निर्माणमा रु ५६ करोड ९७ लाख १६ हजार खर्च भएको थियो भने गत आर्थिक वर्षमा रु ३० करोड २५ लाख ५१ हजार खर्च भएको जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्