Logo
Logo

उपराष्ट्रपति कार्यालयको नक्कली शाखा अधिकृत पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । उपराष्ट्रपति कार्यालयको नक्कली शाखा अधिकृत पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार डोटी केआइसिंह गाउँपालिका घर भएका २६ वर्षीय किशोर भट्ट भनिने केशवराज भट्टलाई पक्राउ गरेको हो ।

भट्टले उपराष्ट्रिपति कार्यालयको शाखा अधिकृत भएको भन्दै ठगी गर्ने गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए । भट्टले निजामती कर्मचारीको पोसाक समेत लगाएर उपराष्ट्रपति कार्यालय नाम दुरुपयोग गरेको एसपी कृष्ण कोइरालाको भनाइ छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्