Logo
Logo

प्रिमियर लिग सुरु



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग सुरु भएको छ । ७४ वर्षपछि लिगमा फर्किएको ब्रेन्टफोर्डले सिजनको पहिलो खेलमा आर्सनललाई २–० गोलले पराजित गर्दै धमाकेदार शुरुवात गरेको छ । घरेलु मैदानमा जीवन्त र ऊर्जावान देखिएको नवप्रवेशी टोली​पाहुना टोलीमाथि हाबी देखिएको हो ।

सर्जी कानोसको गोलको मद्दतले खेलको २२ औँ मिनेटमा नै ब्रेन्टफोर्डले अग्रता लियो । दोस्रो हाफमा क्रिस्टियन नोरगार्डले अर्को गोल थप्दै ब्रेन्टफोर्डको जीत सुनिश्चित गरे ।

अलेक्सान्डर लाकाजेट र पिएरे एमेरिक आउबामियाङ बिना मैदानमा उत्रेको आर्सनलका लागि इमाइल स्मिथ र निकोलास पेपेले गोलको प्रयास गरेपनि त्यसलाई गोलकिपर डेभिड रायाले उत्कृष्ट बचाऊ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्