Logo
Logo

पुस ११ गते माओवादीको राष्ट्रिय सम्मेलन (तालिकासहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ । शनिबार काठमाडौँको बत्तीसपुतली बसेको केन्द्रीय कमिटी बैठकमा स्थानीय र प्रदेशस्तरका अधिवेशनहरू सकेपछि ११ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव राखेका हुन् ।

केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका छन । उक्त प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ ।

असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकैदिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।

यस्तै, मंसिर १५ मा प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गरेका छन् । भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरिने प्रस्तावमा उल्लेख छ ।

यस्तो छ सम्मेलनको कार्यकालिका

१, असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
२, असोज २० गते वडा सम्मेलन
३, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
४, कात्तिक ३० गते जिल्ला सम्मेलन
५, मङ्सिर १५ गते प्रदेश सम्मेलन
६, पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन ।

प्रतिक्रिया दिनुहोस्