प्रधानमन्त्रीले पारसलाई भने, ‘क्रिकेटको विकासका लागि प्रतिवद्ध छु’ « Drishti News – Nepalese News Portal
Logo

प्रधानमन्त्रीले पारसलाई भने, ‘क्रिकेटको विकासका लागि प्रतिवद्ध छु’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री देउवाले दुई दशमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने भन्दै ती रोमाञ्चक जीत र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिए ।

क्रिकेटर पारस खड्काले पनि क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएकामा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन् । गत वर्ष नेपाली टिमको कप्तानबाट राजीनामा दिएका पारसले अघिल्लो हप्ता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्