Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : कांग्रेस-माओवादीकाे महाधिवेश तयारीदेखि निषेधाज्ञ कडाइ गर्नेसम्म



हेडलाइन्स्

१. नेपाली कांग्रेको १४ औं महाधिवेशन सर्यो, तयारी नपुगेको भन्दै केन्द्रीय समितिको बैठकले मंसिर ९ देखि १३ गतेका लागि सार्यो, भदौ दुई गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने, भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने, भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँरनगरपालिका, असोज १ मा प्रदेश, असोज ५ मा संघीय निर्वाचन क्षेत्र, असोज १० मा जिल्ला, असोज १२ मा प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय ।

२. पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने नेकपा माओवादी केन्द्रको निर्णय, माओवादीद्धारा महाधिवेशन लक्षित विभिन्न कार्यत्रमको तालिका सार्वजनक, असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला, असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन, मङ्सिर १५ गते प्रदेश सम्मेलन गर्ने माओवादीको निर्णय ।

३. अझै पनि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा फर्किने कसरतमा रहेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, दुई–दुई पटक संसद विघटन गरेपछि बनाइएको वाम–लोकतान्त्रिक गठबन्धनको बलमा सत्ताको घोडाबाट झारेर बालकोट पठाइएका ओली अझै पनि फर्किने कोसिसमा रहेको केन्द्रीय समिटि बैठकमा ब्रिफिङ, साउन २९ गते गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एमालेको माधव नेपाल पक्षको साथ मिलिरहे मात्रै टिकिरहन सक्ने तर्क ।

४. पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाइमा रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको भनाइ, पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको धारणा ।

५. निर्वाचन आयोगको निर्णय पछि पार्टी विहीन बनेका जनता समाजवादी पार्टी (जसपा) पूर्व नेताहरुद्धारा उत्पीडन र बहिस्करणकामा परेका समुदायको अधिकार र पहिचानका लागि संघर्ष गर्ने घोषणा, जसपा आफूहरूले दुःख गरेर बनाएको पार्टी भएकाले कार्यकर्ता र संगठन बलियो बनाउने उद्दघोष, समावेशी लोकतन्त्रका लागि लामो समयदेखि संघर्षरत जसपा पिछडिएका र बहिस्करणमा परेका समुदायको अधिकार र पहिचानका लागि थप सक्रिय भएर अगाडि बढ्ने नेता महन्थ ठाकुराको भनाइ ।

६. उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह, उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्नेमा जोड, निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य रहेको धारणा, कोभिड १९ संकटको बेला निजी क्षेत्रले राहत महशुस गर्ने गरी सरकारले पाईला चाल्ने प्रतिवद्धता ।

७. कोरोना संक्रमितको संक्रमित र मृतकको संख्या बढ्दै गएपछि देशभर निषेधाज्ञामा थप कडाइ गर्ने सरकारको तयारी, यस्तौ अवस्था रहे कोरोनाबाट ठूलो मात्रामा क्षति व्यहोर्नुपर्ने जनस्वास्थ्य विज्ञको चेतावनी, शनिबार २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु, योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ पुग्यो ।


८. धेरै समयको अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ, कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको लामो समयको अन्तरमा ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने जानकारी, गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा लगाएकामा अहिले करिब पाँच महिनापछि ‘एस्ट्राजेनिका’ खोप दोस्रो मात्राको रुपमा लगाइँदै ।


८. नयाँ सिजनको पहिलो खेलमा ब्रुनो फर्नान्डेजको उत्कृष्ट ह्याट्रिकको मद्दतले म्यान्चेस्टर युनाइटेडले लिड्सलाई ५–१ को विशाल अन्तरले पराजित गर्न सफल, खेलमा पाउल पोग्बाले चारवटा गोलको अवसर सिर्जना गरे, म्यान्चेस्टर युनाइटेमा नयाँ डिफेन्डरको रुपमा राफायल भरानलाई भित्र्यायो, राफायल ३ दशमलव ४ करोड पाउन्डमा रियल म्याड्रिडबाट युनाइटेडमा ।

९. तालिवानले एकपछि अर्काे प्रान्तलाई आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तान झनै अशान्त, विद्रोही समूह तालिवानले ३४ मध्ये आधाभन्दा बढी प्रान्त आफ्नो नियन्त्रण लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दावी, अबको केही हप्तामा नै तालिवानले राजधानी कावुलसमेत कब्जामा लिने खतरा बढेपछि विभिन्न मुलुकद्धारा त्यहाँ रहेका आफ्ना नागरिक र कूटनीतिज्ञलाई आफ्नो देशमा लैजाने प्रक्रिया शुरु, केही पश्चिमा मुलुकले तालिवानले सत्ता कब्जा गरेकमा त्यसलाई मान्यता नदिने बताए पनि अमेरिका, वेलायत, भारत, चीन लगायतका मुलुकहरु मौन ।

प्रतिक्रिया दिनुहोस्