Logo
Logo

रियलको विजयी सुरुवात



काठमाडौं । ला–लिगामा रियलले शनिबार राती अलाभ्सलाई ४–१ ले हराउँदै लिगमा विजयी सुरुवात गरेको छ ।

खेलको ४८ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता लिएका हुन् ।

दोस्रो हाफको केही मिनेटमै नाचोले रियलको अग्रता दोब्बर पारे । ६२ मिनेटमा बेन्जेमाले अर्को गोल गर्दा रियल ३–० ले अघि बढ्यो । अलाभ्सबाट ६५ मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल फर्काए ।

खेलको इन्जुरी समयमा भिनिसियस जुनियरले अर्को गोल थप्दा रियलले ४–१ को शान्दार जित निकाल्यो । यससँगै सुरुवाती खेलबाटै रियलले तीन अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्