माओवादी स्थायी समिति बैठक सुरु « Drishti News – Nepalese News Portal
Logo

माओवादी स्थायी समिति बैठक सुरु


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिस डाँडामा जारी छ ।

बैठकमा हिजो (शनिबार) बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । यस्तै बैठकमा पार्टीको विधानबारे पनि छलफल हुनेछ ।

आज विहान ११ बजेदेखि केन्द्रीय समितिको बैठक बस्दैछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुँदैछ ।

यसअघि शनिवार बसेको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । शनिवारको बैठकमा समूहगत छलफलका लागि ८ वटा समूह बनाइएका छन् । प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्