Logo
Logo

तालीबानद्वारा काबुलबाहेक सबै सहर कब्जा, अफगान सेना ‘निरीह’




काबुल । अफगानिस्तानमा विद्रोही समूह तालिबानले अफगानिस्तानको ३४ प्रान्तमध्ये ३३ प्रान्तका प्रमुख सहरहरु आफ्नो नियन्त्रणमा लिएको छ । तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएको हो ।

अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेअनुसार आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका छन् । सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीका अनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडिदिएका छन् । तालीबान लडाकूको अगाडि अफगान सेना निरीह बनेको अन्तर्राष्ट्रिय मिडियाले बताउन थालेका छन् ।

शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर–इ– सरिफमा कब्जा जमाएका थिए । तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन् ।

अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि पनि बढी आक्रामक भएको देखिएको छ । उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन् । (एजेन्सीबाट)

प्रतिक्रिया दिनुहोस्