Logo
Logo

काठमाडौंस्थित दूतवासमा भारतको ७५औँ स्वतन्त्रता दिवस मनाइयो



काठमाडौं । काठमाडौंस्थित दूतवासमा एक समारोहबीच भारतको ७५औँ स्वतन्त्रता दिवस मनाइएको छ । भारतले १५ अगस्टलाई स्वतन्त्रता दिवशको रुपमा मनाउँदै आएको छ । यसैक्रममा आइतबार काठमाडौंस्थित भारतीय दूतावासले एक कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवश मनाएको हो ।

‘आजादी का अमृत महोत्सव’ नारासहित स्वतन्त्रता दिवश मनाइएको भारतीय दूतवासले जानकारी दिएको छ । यस दिवशमा भारतले ७५ वर्षको यताको मानव प्रयास र भारतीयहरुद्वारा प्राप्त उपलब्धिहरुलाई सम्झिँदै आएको छ ।

काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले भारतीय राष्ट्रिय झण्डा फहराएपछि सुरु भएको कार्यक्रममा भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । सो अवसरमा राजदूत क्वात्राले विधवाहरु र भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरुका आफन्तहरुलाई सम्मान प्रदान गरे ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरुद्वारा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्