Logo
Logo

अफगानिस्तानका गृहमन्त्री भन्छन्- शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन्छ



काठमाडौं । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिवान कडाकूहरु राजधानी काबुल प्रवेश गर्न थापलेपछि गृहमन्त्री मिर्जाक्वानले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।

रेकर्ड गरिएको सन्देशमा उनले भनेका छन्– ‘अफगानी जनताले चिन्ता लिनुपर्दैन, शहरमा कुनै आक्रमण हुने छैन र संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण हुनेछ ।’

तालिबानले राजधानी शहर काबुललाई चारैतिरबाट घेरेको तर आफूहरुले युद्ध नचाहेको बताएको छ । लडाकुहरू सहरको प्रवेशद्वारमा रहेको तर मुख्य सहरमा प्रवेश नगरेको बताइएको छ ।

अहिले तालिबान र सरकारी अधिकारीहरुबीच वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्