Logo
Logo

अफ्गानिस्तानबाट नेपाली नागरिकलाई स्वदेश फर्काउन युवा संघको माग



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालले द्धन्द्धग्रस्त अफ्गानिस्तानबाट नेपाली नागरिकलाई यथाशिघ्र नेपाल फर्काउन माग गर्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञपानपत्र बुझाएको छ ।

युवा संघका महासचिव दिपक जिएमको नेतृत्वमा आज सिंहदरबार गएको टोलीले नेपाली नागरिकलाई सुरक्षीत रुपले स्वदेश फर्काउन माग गरिएको हो ।

द्वन्द ग्रस्त क्षेत्रबाट विश्वका बिभिन्न मुलुकहरुले आफ्ना नागरीकहरुलाई सुरक्षीत रुपले स्वदेश फर्काउन थालीसकेको भए पनि नेपालले आफ्ना नागरिकलाई फर्काउन ढिलाई गरेकोमा संघले आपती जनाएको छ ।

‘श्रमिकका रुपमा रहेका सम्पुर्ण नेपालीहरुको सुरक्षालाई उच्च प्राथमीकतामा राखेर यथाशिघ्र नेपाल फर्काउन तत्काल आवश्यक कुटनैतिक, राजनैतिक र मानविय पहल गर्न नेपाल सरकारलाई युवा संघ नेपाल जोडदार माग गर्दछ’ संघले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

विश्व कोभिड महामारी बाट आक्रान्त भैरहेको र महामारीबाट जोगिन विश्व समुदाय एकताबद्ध भएर लडीरहेका बेलामा सार्कको सदस्य राष्ट्र अफ्गानिस्तान भने नराम्रो संग घरेलु गृह युद्धको चपेटामा फसेको छ ।

राजधानी काबुल लगायत सिंगो देशमा बिद्रोही तालिवानको आक्रमण बढ्दै गएको छ । हिंसात्मक कृयाकलाप, आत्माघआती बम प्रहारबाट जनधनको क्षती भैरहेको घटनाका साथै मानव अधिकार उलंघनको घटना प्रती युवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।

यस घटनाबाट १२ जना नेपाली नागरिकको मृत्यु भएको खबरले युवा संघ दुखी र स्तब्ध भएको छ । सो घटनाबाट मृत्युवरण गर्ने सबै मृतक प्रति हादिक श्रद्धाञ्जली व्यक्त गर्दै संघले दुख व्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्