Logo
Logo

अफगानिस्तानका नेपाली श्रमिकको विवरण बुझाउन निर्देशन



काठमाडाैं । सरकारले अफगानिस्तान पठाएका श्रमिकहको विवरण सोमबारसम्म बुझाउन वैदेशिक रोजगार व्यवसायीहलाई निर्देशन दिएको छ।

वैदेशिक रोजगार विभागले श्रमिकलाई अफगानिस्तान पठाउने म्यानपावर कम्पनीहरुलाई टेलिफोन गरेर सोमबारसम्म सबैको विवरण बुझाउन निर्देशन दिएको हाे ।

२०७७ वैशाख १ गतेदेखि चैत सम्ममा ८५१ जना र चालु वर्षमा ३ सय ३० जना वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर अफगानिस्तान रोजगारीका लागि पुगेको विभागको तथ्यांक छ।

त्यसअघि गएका र अझै नफर्किएका श्रमिक भए त्यो पनि विवरण बुझाउन विभागले भनेको छ। हाल अफगानिस्तानमा झण्डै ६ हजार नेपाली रहेकाे बुझिएकाे छ भने काबुलमा मात्रै १५ सय नेपाली श्रम गरिरहेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्