Logo
Logo

अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्न नेपाल एयरलाइन्स तयार



काठमाडाैं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज अफगानिस्तान जाने भएको छ।

आगामी भदौ ११ गते चार्टर उडानमा काबुल जाने बुकिङ भएपछि निगमले परराष्ट्र मन्त्रालयको अनुमति मागेको छ। परराष्ट्रले अनुमति दिए मात्रै उडान हुनेछ।

एक सय जना नेपालीलाई स्वदेश फर्काउने याेजनासहित निगमले जहाज बुकिङ गरेर परराष्ट्रकाे अनुमति मागेकाे हाे ।

यस अघि पनि निगमको जहाजले दुर्घटनामा परी मृत्यु भएका नेपालीको शव लिनका लागि निगमको जहाजले काबुलको उडान भरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्