Logo
Logo

अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्न कार्यदल गठन



काठमाडौं । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्न कार्यदल गठन गरेको छ । नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा कायर्दल गठन गरिएको हो ।

गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्त्व हुनेगरी समिति बनाइएको र समितिले काम पनि सुरु गरेको छ ।

मन्त्रालयले उद्दार प्रयोजनका लागि अफगानिस्तनमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइमा अनलाइन रजिस्ट्रेसन गर्ने व्यस्था गरिएको समेत जनाएको छ ।

मन्त्रालयले उद्दारसँग सम्बन्धित सम्पर्कका लागि भाइबर र ह्वाटस् एप सुविधा सहितको मोबाल नम्बर ९७७–९७४९३२६४५८ ( कन्सुलर विभाग) र ९७७–९७४९३२६४५९ ( परराष्ट्र मन्त्रालय) मा पनि जानकारी गराउन सकिने जनाएको छ ।

यस्तै, नेपाली ल्याउनका लागि भारतीय दूतावासको नम्बर पनि उपलब्ध गराइएको छ भने त्यहाँ सम्पर्क गरेर पनि नागरिक नेपाल आउन सक्ने बताइएको छ ।

यस्तै, वैदेशिक रोजगार व्यवसायीलाई नेपालीको विवरण पेश गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्