Logo
Logo

अफगानिस्तान तालिबानको कब्जामादेखि नेपाली फर्काउने सरकारको तयारीसम्म



हेडलाइन्स् :

१. पीसीआरबाट ८ हजार ८८ र ४ हजार १८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको कोरोना परीक्षणमा २२ सय १२ जनामा संक्रमण पुष्टि, आइतबार कोरोनाबाट ३३ जनाको मृत्यु , ४ घन्टामा ७० लाख ७७० जनाले कोरोनाविरुद्ध खोप लगाए, हालसम्म ३९ हजार २९८ जना कोरोनाका सक्रिय संक्रमित , आइतबारसम्म कोरोना संक्रमित ७५८ जनाको आइसीयू र १९३ जनाको भेन्टिलेटरमा उपचार हुँदै ।

Image

२. सरकारद्वारा अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह,अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको परराष्ट्र मन्त्रालयको जानकारी, अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्ने, परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक, उद्धारका लागि + ९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिने ।

३. अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीका सिलसिलामा त्यहाँ रहेका नेपालीको उद्धार गर्नका लागि सरकारले कार्यदल गठन, मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ बसेको अन्तर–मन्त्रालयस्तरीय बैठकले कार्यदल गठन, काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तराष्ट्रिय संघ संस्थामा कार्यरत नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले मित्र राष्ट्र संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयलाई औपचारिक पत्राचार गरी अनुरोध ।

४. अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई सत्तारुढ गठबन्धनमा खेल्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आरोप, राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा प्रश्न उठाउँदै एमसीसीबारे प्रष्ट पार्न माग, प्रतिगमनको खतरा कायमै रहेको माओवादी केन्द्रीय समितिको निष्कर्ष, माओवादी केन्द्रीय समिति बैठकबाट राजनीतिक र विधान संशोधन प्रस्ताव पारित, जिल्ला समितिहरु खारेज ।

५. पार्टी भित्रको विवाद समाधानका लागि एमाले उपाध्यक्ष भिम रावल र महासचिव ईश्वर पोखरेल आइतबार छलफल , एकताका लागि भएको १० बुँदे सहमति भित्रबाट शीर्ष नेतालाई मिलाउनु पर्ने निष्कर्ष, देउवा सरकारमा सहभागी हुन एमालेको माधव नेपाल समूहलाई दबाब बढीरहेकाले सरकारमा सहभागी भए एकता झन् टाढा हुने दुबै पक्षको बुझाइ ।.

६. श्रमिकहरुको कामको सम्मान र सामाजिक सुरक्षाको कार्यान्वयनको माग राख्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले नयाँ स्वरुपको आन्दोलन गर्ने घोषणा, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर र आउँदो शुक्रबार सबै प्रदेशका मुख्यमन्त्रीलाई भेटेर केन्द्रले यस सम्बन्धी ज्ञापन पत्र पेश गर्ने, ज्ञापन पत्रसहित श्रम रोजगार तथा सामाजिक मन्त्रालय र अर्थमन्त्रालयमा छलफल गर्ने तथा शुक्रबार नै सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएका र सूचिकरण भएर पनि योगदान रकम जम्मा नगरेका ठूला प्रतिष्ठानको अगाडि विरोध प्रदर्शन गरिने ।

७. रामघाटसहित पोखराका प्राकृतिक सम्पदा भाडामा लगाउने सम्पूर्ण प्रक्रिया रोक्न उच्च अदालत पोखराद्वारा आइतबार अन्तरिम आदेश जारी , सम्झौता भइसकेका र सम्झौता हुने क्रममा रहेका आयोजनाका काम तत्कालका लागि अघि नबढाउन आदेश मा उल्लेख, महानगरले सम्झौता गरेर कार्यान्वयन भइरहेको फेवा सिल्टेसन ड्याममा संकलन हुने ढुंगा–गिट्टी, बालुवाको संकलन तथा निकासी, सेती खोंच र डेभिज फल्स भाडामा दिन भएको सम्झौता र रामघाट र मोरे खहरे घाटमा बाँध बाँधेर सेती थुन्ने आयोजनाको सम्झौता प्रक्रिया खारेजीको माग गर्दै परेको रिटमा आदेश ।

८.मौद्रिक नीतिको प्रभाव शेयर बजारमा, कारोबार रकममा भने नयाँ रेकर्ड कायम, ङादी ग्रुप पावरको लाभांश घोषणा, २० प्रतिशत बोनसपछि २०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव, ब्याज आम्दानी घटेपनि बैंक अफ काठमाण्डूको नाफा सामान्य बढ्यो, मौद्रिक नीतिप्रति लगानीकर्ताको आक्रोस, एकजनाले १२ करोड मात्रै मार्जिन कर्जा लिन पाउने व्यवस्था खारेज गर्न माग, चार बर्षमा झन्डै तीन करोड मोबाइलको आईएमईआई दर्ता, एमडीएमएस लागूपछि बनायो नयाँ रेकर्ड ।

९. ईपीएल खेल्ने नेपाली खेलाडीको तलब वृद्धि, साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीको तयारी जारी, राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए,जर्मनीका लेजेन्ड फुटबलर मुलरको निधन ।

१०.र, तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश, कोहीसँग बदला नलिने तालिबानीको प्रतिवद्धता, देश छोडेर जान चाहनेलाई जान दिइने, बाइडेनद्वारा अफगानिस्तानमा थप एक हजार सेना पठाउने घोषणा, जापानमा भारी वर्षा, २० लाखलाई सुरक्षित स्थानमा सारियो ।

प्रतिक्रिया दिनुहोस्