Logo
Logo

प्रिमियर लिगः म्यानचेस्टर सिटी पहिलो खेलमा नै पराजित



काठमाडौं । प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नै डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम हटस्पर्सले सिटीलाई १–० गोलले हराएको हो ।

सिटी जान इच्छुक स्टार खेलाडी ह्यारी केन बिना नै मैदानमा उत्रिएको स्पर्सका लागि दोस्रो हाफमा सन हिउङ–मिनले गरेको एक मात्र गोल निर्णायक बन्यो । योसँगै नयाँ म्यानेजर नुनो एस्पिरितो सान्तोको नेतृत्वमा स्पर्सले विजयी सुरुवात गर्न सफल भएको छ ।

उता, १० करोड पाउन्डमा खरिद गरेका ज्याक ग्रिलिससँगै मैदानमा उत्रिएको सिटीले गोलका लागि थुप्रै अवसरहरू सिर्जना गरे पनि स्पर्सका गोलकिपर लोरिसलाई भने खासै परीक्षण गर्न सकेन ।

आइतबार नै भएको अन्य खेलमा वेस्ट ह्यामले न्युक्यासललाई ४–२ गोलले हराउन सफल रह्यो । पहिलो चरणको खेलपछि म्यानचेस्टर युनाइटेड लिगको शीर्ष स्थानमा रहेको छ भने त्यसपछि क्रमशः चेल्सी र लिभरपुल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्