Logo
Logo

आकस्मिक मन्त्रिपरिषद बालुवाटारमा, दलसम्बन्धी अध्यादेश ल्याउने तयारी



फाइल फोटो

काठमाडौं । सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा छ । सोहीअनुसार घटनाक्रमले तीब्रता पाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी रहेको बुझिएको छ ।

सरकारले सोही अध्यादेश ल्याउने उद्देश्यका साथै सोमबार मध्यरातदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको थियो ।

मन्त्रिपरिषद बैठकअघि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेस नेताहरुसँग परामर्श गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कासँग प्रधानमन्त्री देउवाले अध्यादेशबारे छलफल गरेका थिए ।

​सरकारले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्