Logo
Logo

राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा शीतल निवासमा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

सोमबार बसेको मन्धिपरिषद्को बैठकले राजनीतिक दल समबन्धी ऐन संशोधन अध्यादेश जारी गरेको थियो । अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ । उक्त अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्श गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेकाे बुझिएकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको छ ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्