Logo
Logo

अध्यादेश ल्याएर प्रधानमन्त्री देउवा पनि चुक्नुभयो : शेखर कोइराला



काठमाडौं । सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशलाई लिएर नेपाली कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ । संसदको अधिवेश अन्त्य गरेर अध्यादेशमार्फत नै देश चलाउन खोज्ने पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको कदमको कांग्रेस नेताहरुले नै विरोध गरेका हुन् ।

कांग्रेस नेता डा.शेखर कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताए । ‘सरकार सञ्चालनको सुविधानको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न’, कोइरालाले ट्वीट गर्दै भनेका छन् ।

यस्तै, कांग्रेसका अर्का नेता प्रदीप पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा आफूहरुले विरोध गरेको स्मरण गर्दै देउवा सच्चिनुपर्ने बताए ।

‘हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउँदा हामी प्रतिपक्षमा थियौं । उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार ग¥यौं । आज संसद अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्तिभन्दा फरक छैन,’ उनले ट्विट गर्दै भनेका छन्, ‘असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो ।’

प्रतिक्रिया दिनुहोस्