Logo
Logo

नेपालद्धारा अफगानिस्तानमा शान्ति र स्थायित्वको कामना



काठमाडौं । नेपाल सरकारले अफगानिस्तानमा तालिवान नियन्त्रणपछिको अवस्थाबारे पहिलोपटक औपचारिक प्रतिक्रिया दिँदै शान्ति र स्थायित्वको कामना गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा सार्कको सदस्य मुलुक अफगानिस्तानका जनताको प्रगति र समुन्नतिका लागि शान्ति र स्थायित्व सुनिश्चित होस् भन्ने नेपालको चाहना रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाल सरकारले अफगानिस्तानमा भएका विकासक्रमलाई नजिकबाट नियाल्दै आएको छ । हामी सम्बन्धित सबै पक्षलाई जनताको भलाइ र सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछौँ ।’

जनजीवन र सम्पत्तिको सुरक्षा, शान्ति स्थापना, स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको चासो र चिन्तालाई नेपालले समर्थन गरेको परराष्ट्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्