Logo
Logo

काबुलबाट ४ सय ३७ नेपालीलाई बेलायत पुर्याइयो



काठमाडौं । बेलायती कम्पनीमार्फत अफगानिस्तानको काबुलमा कार्यरत ४ सय ३७ नेपालीलाई ब्रिटिस सेनाले उद्धार गरी बेलायत पुर्याएको छ ।

बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमार्फत दुबई हुँदै बेलायत पुर्याइएको हो ।

अफगानिस्तान छोड्न चाहने अफगान शरणार्थीसँगै आफूहरूलाई सेनाको विशेष विमानमार्फत काबुलबाट ल्याइएको बेलायत पुगेका नेपालीहरुले बताएका छन् ।

ब्रिटिस सेनाले बेलायती, जर्मन, जापानी, क्यानडाली कम्पनी तथा अन्तर्राष्ट्रिय दातृ निकायमा कार्यरत नेपालीको उद्धार गरेको छ । बालुलबाट उद्धार गरिएका नेपालीलाई दुबईमा व्यवस्थापन गर्न कठिन भएकाले बेलायत ललिएको बताइएको छ ।

यसअघि अमेरिकी दूतावासमा परिसरमा कार्यरत ३८५ नेपालीलाई उद्धार गरी दोहा र कुवेत लगेको थियो । तीमध्ये ११८ जना नेपाल आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्