Logo
Logo

आफ्नै सरकारविरुद्ध गगन- ‘अध्यादेश ल्याउनु गलत’



काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले संसद अधिवेशन अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत रहेको बताएका छन् ।

थापाले फेसबुकमा ‘हिजो गलत,आज गलत, सधैँ गलत । जसले गरे पनि गलत’ भन्दै सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै गलत भनेका हुन् । उनले भनेका छन्– ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन र हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’

नेता थापाले ओली सरकारले यही अध्यादेश ल्याउँदा समर्थन गर्नेहरूलाई यस अध्यादेशको विरोध गर्ने अधिकार नभएको समेत बताएका छन् । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर सार्वजनिक माफी माग्नुपर्ने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्