Logo
Logo

अफगानिस्तानबाट बुधबार थप ६१ जना फर्काइए



काठमाडौं । अफगानिस्तानबाट थप ६१ जना नेपालीको उद्दार गरी नेपाल फर्काइएको छ ।

बुधबार बिहान थप ६१ जना नेपाली कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ ।

यसअघि मंगलबार ११८ जना र राति ८७ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपाल फर्किन चाहेको भन्दै २५६ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । अफगाननिस्तानमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँ रहेका विभिन्न देशले आफ्ना नागरिकको उद्दार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्